न्यू डायमण्ड उपाधि नजिक

139
  •  
  •  
  •  

पोखरा, फागुन ११ (ओएनएस)  : न्यु डायमन्ड एकेडेमीले घरेलु टोली पश्चिमाञ्चललाई हराउँदै चौथो अन्तराष्ट्रिय आमन्त्रित महिला भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

सोमबार भएको खेलमा न्यु डायमण्डले पश्चिमाञ्चललाई ३–१ को सेटमा पराजित ग-यो । पहिलो सेट २५–१७ ले जितेर अग्रता लिएको न्यु डायमण्डले दोश्रो सेट भने १७–२५ले गुमाएको थियो ।

घरेलु दर्शकको समर्थन पाएको न्यु डायमन्ड बाकी २ सेट लगतार २५–१४, २५–१९ ले आफ्नो पक्षमा पादै एपीएफसग फाईनल भेट पक्का गरेको हो ।

न्यु डायमन्डकी लिबेरो सलिना श्रेष्ठ वुमन अफ द म्याचबाट पुरस्कृत भईन । जित पश्चात डायमन्डका प्रशिक्षक कुमार राईले भने, ‘रमिला आफ्नो पुरानो फर्ममा फर्किएर स्पाइक गरिन । हाम्रो बलियो पक्ष स्पाइक र डिफेन्स हो । फाइनल जित्नको लागी प्रर्दशनमा एक रुपता चाहिन्छ । टोलीले आफनो क्षमता अनुसार खेले हामी एपिएफलाई हराउन सक्छौं ।’

पश्चिमाञ्चलका प्रशिक्षक हरी श्रेष्ठले भने, ‘हामीसँग सेटकै मुख्य खेलाडी नहुदा अवश्य पनि अप्ठयारो पर्याै । त्यसले हाम्रो डिफेन्स र स्पाइक राम्रो हुन सकेन ।’ पश्मिाञ्चलकी ब्लकर र क्विक स्पाइकर मनिषा चौधरी र सेटर शशी चौधरीले आन्तरिक कारणले खेलेका थिएनन् । पश्मिाञ्चलकी कप्तान मन्जु गुरुङले नियमित प्रशिक्षण नहुँदा नतिजा राम्रो हुन सकिरहेको छैन । लगातारको हारलाई रोक्न खेलाडी र ब्यवस्थापनमा सुधार जरुरी भएको बताइन ।

यसैगरी पुरुष तर्फको २९औं राष्ट्रिय भलिबलको सेमिफाइनलमा मंगलबार एपिएफ र पश्चिमाञ्चल खेल्नेछन । अर्को सेमिफाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीसँग खेल्नेछ ।

सोमबार भएको खेलमा पुलिसले पश्चिमाञ्चललाई २२–२५, २५–१७, २४–२६, २५–१८, १५–१२ले हरायो । पुलिसका स्पाइकर सञ्जय अर्याल प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । अर्को खेलमा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–२३, २५–११, २५–१४ ले हरायो ।


  •  
  •  
  •