दोस्रो चरणमा पुलिस, एपीएफ र न्युडायमण्डको सफल सुरुआत

281
  •  
  •  
  •  

काठमाडौं, १९ माघ (ओएनएस)  : दशौं ढोरपाटन ब्लू स्काई कप टिभिएस महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणका खेलहरु सोमबारबाट सुरु भएको छ ।

काठमाडौंको नया बसपार्कमा भएको दोस्रो चरणको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफले ढोरपाटनलाई ३–० को सोझो सेटमा पराजित गर्याे । एपीएफले ढोरपाटनलाई २५–४, २५–४ र २५–७ को सोझो सेटमा पराजित गरेको हो ।

नेपाल पुलिस क्लबले चण्डेशवरलाई पनि ३–० को सोझो सेटमै पराजित गरेको छ । पुलिसले चण्डेश्वरीलाई तीनै सेट २५–५ ले पराजित गर्न सफल भयो । तेस्रो खेलमा न्यू डायमण्ड एकेडेमीले त्रिभुवन आर्मीलाई २५–१२, २५–४ र २५–७ को सोझो सेटमा पराजित गरेको छ ।

अन्तिम खेलमा पश्चिमाञ्चलले ढोरपाटनलाई २५–७, २५–७ र २५–१० को सोझो सेटमा पराजित गर्न सफल भएको छ ।

अग्रस्थानमा रहेको एपीएफले ९ खेलबाट २६ अंक रहेको छ । दोश्रो स्थानमा रहेको न्यूडायमण्डले ९ खेलबाट २५ अंक बनाएर एपीएफलाई पछ्याई रहेको छ । ९ खेलबाट पुलिसको २१ र पश्चिमाञ्चलको १८ अंक भएको छ ।


  •  
  •  
  •