न्यूडायमण्डको उत्कृष्ट प्रदर्शन

279
  •  
  •  
  •  

काठमाडौ, १६ माघ (ओएनएस) : दशौं ढोरपाटन ब्लू स्काई कप महिला डबल लिग भलिबल प्रतियोगितामा न्यू डायमण्ड एकेडेमीले उत्कृष्ट खेल प्रदर्शन गदै लगातार छैठौं जित निकालेको छ ।

शुक्रवार भएको खेलमा न्यू डायमण्डले पुलिसलाई पराजित गरे पछि अपराजित रहदै ६ खेलबाट १८ अंक सहित एपीएफसँग बराबरी गरेको छ ।

न्यूडायमण्डले महत्वपूर्ण खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्याे । पहिलो र दोश्रो सेट समान २५–१८ मा न्यूडायमण्डले आफ्नो पक्षमा पारेको थियो । तेश्रो क्वाटरमा भने पुलिसले खेलमा फर्कन संकेत देखाउदै २४–२१ ले सेट पइन्टमा पुगे पनि नतिजामा परिणत गर्न सकेन । २१–२४ ले पछि परेको न्यूडायमण्डले पुलिसलाई २४ मै रोक्दै लगातार ५ अंक जोड्दै २६–२४ मा म्याच पइन्ट बनायो ।

वुमन अफ द म्याच चुनिएकी प्रतिभा मालीको खेलबाट प्रभाबित भएर पूर्व राष्ट्रिय भलिबल खेलाडी रञ्जन खड्काले ५ हजार नगदबाट पुरस्कृत गरे । पहिलो पराजय ब्यहोरेको पुलिसको ६ खेलबाट १५ अंक छ ।
त्य

स्तै चण्डेश्वरीले त्रिभुवन आर्मीलाई २२–२५,२६–२८, २६–२८ र २०–२५ को सेटमा पराजित गरेको छ । अर्को खेलमा ढोरपाटनले काभ्रेलाई २५–५,२५–११ र २५–१६ को सोझो सेटमा हरायो ।

अन्तिम खेलमा पश्चिमाञ्चलले ढोरपाटनलाई २५–६,२५–३ र २५–४ को सोझो सेटमा रोक्यो । प्रतियोगिता अन्तर्गत भोलि पश्चिमाञ्चल र त्रिभुवन आर्मी, न्यू डायमण्ड र काभ्रे तथा सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब भिड्नेछन ।


  •  
  •  
  •