न्यू–डायमण्ड र एपीएफको अग्रता

55
  •  
  •  
  •  

काठमाडौ, ११ माघ (ओएनएस) : न्यू–डायमण्ड एकेडेमी र एपिएफले लगातार दोस्रो जित दर्ता गराउँदै दशौं ढोरपाटन “ब्लू स्काई कप” टिभिएस महिला डबल लिग भलिबल च्याम्पियनशिपमा समान ६ अंकका साथ शिर्ष स्थानमा रहेका छन् ।

नयाँ बसपार्कमा आईतवार भएको दोश्रो दिनको खेलमा साबिक उपबिजेता न्यू डायमण्ड एकेडेमीले आयोजक ढोरपाटन स्पोर्टस् क्लबलाई २५–११, २५–५ र २५–७ को सोझो सेटमा पराजित गर्यो ।

दोश्रो खेलमा साबिक बिजेता सशस्त्र प्रहरीको एपिएफले चण्डेश्वरी लाई २५–१०, २५–९ र २५–७ को सोझो सेटमा हरायो ।

यस्तै अन्य खेलमा बिभागिय टोलि नेपाल आर्मीले काभ्रे जिल्लालाई २५–१४, २५–९ र २५–१२ ले पराजित गर्दा नेपाल छन्त्याल युथ क्लबले काभ्रे जिल्लालाई नै २५–१५, २३–२५, २५–१७ र २५–१९को सेटमा पराजित गरेको छ ।

आयोजक ढोरपाटनले दोश्रो खेलमा नेपाल छन्त्याल युथ क्लबलाई २५–१४, २५–४, २४–२६ र २५–१२ ले हराउन सफल भएको छ ।

९ टिमले सहभागिता जनाएको प्रतियोगितामा पहिलो चरणको खेल समाप्ती पश्चात दोस्रो चरणको खेलमा ७ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

अन्तिमका दुई टिम रेलिगेसनमा पर्ने प्रतियोगिताको बर्ष खेलाडी,उत्कृष्ट खेलाडी, “प्लयर अफ द सिरिज” र प्रतिभावन खेलाडीले टिभिएसको स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।


  •  
  •  
  •