महिला भालिबलको उपाधि एपीएफलाई

299
  •  
  •  
  •  

काठमाडौं, २९ पुस (ओएनएस)  : सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि आयोजक सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा मंगलबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

एपीएफले २५–२१, २५–१८ र २५–२३ को सेटमा नेपाल पुलिसलाई पराजित गरेको हो । यसअघि तेस्रो स्थानका लागि आजै भएको खेलमा न्यू डाइमन्ड एकेडेमीले पश्चिमाञ्चललाई ३–० सेटमै पराजित ग¥यो ।
न्यू डाइमन्डले २५–२१, २५–२२ र २५–२१ ले पश्चिमाञ्चललाई पराजित गर्दै तेस्रो स्थान हात पारेको हो । उपाधि जितेको एपीएफले २ लाख ५० हजार रुपैया“ प्राप्त ग¥यो भने उपविजेता बनेको नेपाल पुलिस क्लबले १ लाख २५ हजार रुपैया“ पुरस्कार हात पा¥यो । तेस्रो स्थानको न्यू डाइमन्ड एकेडेमीले ५० हजार रुपैया“ प्राप्त गरेको छ ।
एपीएफकी नेविका चौधरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुदै स्कुटर प्राप्त गरिन । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट स्पाईकर न्यू डायमण्डका प्रतिभा माली, उत्कृष्ट सर्भर

नेपाल पुलिस क्लबका रमिला तण्डुकार, उत्कृष्ट डिफेन्स नेपाल पुलिस क्लबकै कमला पुन, उत्कृष्ट ब्लकर एपीएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटर एपीएफकी विनिता बुढाथोकी तथा उत्कृष्ट प्रशिक्षक एपीएफका कपिल किशोर श्रेष्ठ घोषित हु“दै जनही ५ हजार रुपैया प्राप्त गरेका छन ।


  •  
  •  
  •