महिला भलिबलको उपाधिको लागि एपीएफ र पुलिस भिड्ने

99
  •  
  •  
  •  

काठमाडौं, २८ पुस (ओएनएस)  : ‘सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधिको लागि नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको पहिलो सेमिफाइनल खेलमा नेपाल एपीएफ क्लबले न्यू डाइमण्ड एकेडेमीलाई २४–२६, २५–१२, २५–१५ र २५–१९ को अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो ।

यसैगरी दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चल भलिबल टिमलाई २५–२०, २५–१३ र २५–११ ले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

आज भएका खेलहरुमा एपीएफ क्लबकी रेश्मा भण्डारी तथा पुलिस क्लबकी चुडा खड्का वुमन अफ द म्याच भए ।


  •  
  •  
  •