भाेलीदेखि नेपाल-भारत प्रबुद्ध समूहको अाठाैँ बैठक नयाँ दिल्लीमा

239
  •  
  •  
  •  

काठमाडौं, २८ चैत (अाेएनएस) : – नेपाल र भारत प्रबुद्ध समूह (इपिजी) को अाठाैँ बैठक भाेलीदेखि बस्न लागेकाे छ। बैठक भारतको राजधानी नयाँ दिल्लीमा बस्न लागेका हाे।

बैठक नेपाल र भारतमा पालैपालो बस्दै आएको बैठक नेपाल र भारतमा पालैपालो बस्दै आएको

इपिजीको पहिलो बैठक २०७३ असार २० र २१ बसेकाे थियाे र त्यस मितिले वैठककाे कार्यकाल रहने व्यवस्था छ।

 

डा भट्टराईले भने,’साेही व्यवस्था अनुसार हामी प्रतिवदेनलाई अन्तिम रुप दिनेतिर तिब्र रुपमा लागेका छौं, भाेली पर्सि बस्ने बैठकमा  गहन रुपमा विचार विमर्श हुने छ।’

यसअघि गत फागुन १२ र १३ मा काठमाडौंमा साताैँ बैठक बसेको थियो।

नेपाल र भारतबीचका सम्बन्धलाई पुनरावलोकन गर्ने तथा दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउने विषयमा दुवै देशका सरकारलाई सुझाव दिने र सिफारिस गर्ने म्यान्डेट छ।

इपिजीको नेपाली समूहमा पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापा (संयोजक), पूर्व सांसद डा राजन भट्टराई, पूर्वमन्त्री नीलाम्बर आचार्य र पूर्वसचिव सूर्यनाथ उपाध्याय छन्। त्यस्तै भारतीय समूहमा भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी (संयोजक), प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती तथा कूटनीतिज्ञ जयन्तप्रसाद छन्।

कहाँ र कहिले बसे इपिजीका बैठकहरु
पहिलो बैठक– ०७३ असार २०–२१ (काठमाडौं)
दोस्रो बैठक– ०७३ असोज १८–१९ (नयाँ दिल्ली)
तेस्रो बैठक– ०७३ चैच २३–२४ (काठमाडौं)
चौथो बैठक– ०७४ जेठ १५–१७ (देहरादुन)
पाँचौँ बैठक– ०७४ असोज २१–२२ (काठमाडौं)
छैटौं बैठक– ०७४ पुष २७–२८ (नयाँ दिल्ली)
सातौं बैठक– ०७४ फागुन १२–१३ (काठमाडौं)
आठौं बैठक– ०७४ चैत्र २९–३० (नयाँ दिल्ली)


  •  
  •  
  •