अवैध भीओआइपीको आरोपमा पुनः पक्राउ

98
  •  
  •  
  •  

काठमाडौं, ८ असोज (ओएनएस) ः केन्द्रीय अनसन्धान व्युरो (सीआइवी) ले अवैध कल वाइपास(भीओआइपी)मा संलग्न ५ जनालाइ पक्राउ गरेको छ ।

सीआइवीले महानगरिय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको संयुक्त प्रहरी टोलीको सहयोगमा ललितपुरका राकेश गिरी,ओमरत्न डंगोल,गिरीश गिरी, लालबहादुर मगराती तथा रामपुकार यादवलाई पक्राउ गरेको हो । उनीहरुलाई यस अघि पनि भीओआइपीको आरोपमा पक्राउ गरि कारवाही गरिएको थियो ।

त्यसमध्ये राकेश गिरीको मुदा हाल सर्वोच्चमा विचाराधिन रहेको बताइएको छ ।

भिओआइपीमा प्रयोग हुने विभिन्न उपकरणका साथ उनीहरुलाई पक्राउ गरिएको सीआइवीले जानकारी दिएको छ । उनीहरुको साथ बाट जीएसएम एनटेना ३२ थान,१६ पोर्टको जीओआइपी २ थान,सेटअप बक्स १ थान,एनटीसी,एनसेल तथा स्मार्टसेल सिमलगायत उपकरण बरामद गरिएको बताइएको छ ।

त्यस्तै इन्भटर,राउटर,अप्टिकल फाइवर पनि बरामत गरिएको सआिइवीले जानकारी दिएको छ ।


  •  
  •  
  •