मैले किन दौरा सुरुवाल लगाँए ?

373
  •  
  •  
  •  

नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष एनेकपा माओवादी

झट्ट हेर्दा पोशाक भनेको लगाउनेलाई जे मनपर्छ त्यहि लगाउने हो । यो सबैलाई लाद्ने कुरा हो भन्ने लाग्दैन । मलाई साधारणतया सजिलो चाँही पेन्ट सट नै लाग्छ धेरै त्यहि नै लगाउछु । मुलकुरा कुनै पनि ब्यक्तिको आन्तरिक पक्ष हो । पोशाक भन्दा पनि उसको बिचार हो, ब्यवहार नै हो । तर बाहिरको कुराले पनि केही न केही प्रतिनिधित्व चाँही गर्नै पर्छ भन्ने मेरो मान्यता रह्यो ।

जस्तो तपाई केहीलाई पनि बिदेशमा टोपी लगाएको मान्छे कोही फेला पर्यो भने ‘ए नेपाली रहेछ’ भनेर झ्याप्प अँगालो हाल्न मन लाग्छ । किन ? किनभने त्यो मान्छे भ्रष्टचारी, फटाहा, शोसक जे भए पनि बाहिर देखिँदैन र थाहा हुँदैन तर टोपी लागाए पछि नेपाली रहेछ भन्ने प्रष्ट थाहा हुन्छ अनि गम्लङग अँगालो हाल्ने स्थिति बन्छ ।

त्यसैले बाहिरै देखिने गरिको चिनारी हामी नेपालीको हुनुपर्छ भन्ने मन्यता मैले लिएको हुँ । कोही पनि बाहिरको ब्यक्तिले म सँग कुरा गरिरहँदा उसले फिल गरिरहोस् की म नेपालीसँग कुरा गरिरहेको छु भन्ने ।

कसैले नेपाली हो भनेर चिन्ने बाहिर कुनै पक्ष पनि स्वाट्टै प्रतिनिधित्व गर्दा बेश हुन्छ भन्ने मैले ठाने र दौरा सुरुवाल छाने ।
मेरो एउटा बानी के छ भने, मलााई ठिक लागे पछि म गर्छु । जे सुकै होस् अरुले के भन्छ भन्ने होइन पहिला मलाई ठिक लाग्नु पर्यो । कहिले काँही कुनै पनि बिषयमा म एक्लै भए पनि मलाई चिन्ता लाग्दैन । किनभने म सफलतालाई ध्यान दिन्न । म मुल्य र मान्यतालाई ध्यान दिन्छु ।

अहिले पनि भारतीय प्रधानमन्त्री आएको सन्दर्भमा लगाएको हो । मलाई सजिलो चाँही पेन्ट र सर्ट नै लाग्छ । तर भारतीय पक्षसँगकुरा गरिरहँदा उसले नेपालीसँग कुरा गरिरहेको छु भन्नेभाव परोस् भन्ने हो । मुख्य कुरा त हाम्रो अडान हो, बिचार नै हो त्यसमा संका छैन पोशाकले मात्रै देश भक्त बनाउने भन्नु कुरा पनि होइन । तर नेपाली भन्नेकुरा स्याटट्ै देखा परोस् भन्ने चाँही हो नै ।

नेपाल राष्ट्रको नागरिक हुँ भन्ने स्याट्टै चिनिने केही कुरा होस् भन्ने चाहना मेरो हो । जुन यहि दौरा सुरुवाल र टोपीलाई मैले लिए ।
अहिले मैले लगाएको दौरा सुरुवारको बिषय हाम्रै पार्टी भित्र चर्चा र छलफलको बिषय बनेको छ । अध्यक्षले ‘मलाई त राम्रै लाग्यो’ भन्नुभयो । मैले भने ‘तपाईहरु टोपी सम्म त लगाउनु हुन्थ्यो नी हैन’ भने । अध्यक्षले पनि ‘टोपी चाँही म पनि लाउछु तर अरु चाँही खै ।’ भनेर हाँस्नु भयो । अध्यक्ष देखि पार्टीका अन्य साथिहरुले दिएको प्रतिकृयामा मैले नकारात्मक टिप्पणीको भाव कत्तै पाएको छैन । सबैको सकारात्मक भाव नै छ ।

अव, तराई मधेशका साथिहरुले दौरा सुरुवार टोपि नै लगाओस् भन्ने मेरो चाहना होइन । बल जफ्ती गरेर हुँदैन । यो राष्ट्रिय पोशाक भनेर घोषणा भएको पनि छैन । तर, आम रुपमा ठ्याक्कै नेपाली भनेर सबभन्दा बढी केले चिनिन्छि त भन्ने मैले चाहेको हो । त्यसैको रोजाईमा दौरा सुरुवाल परेको हो ।

हो, हामी कतिपय कुराहरुमा चुकेउँ । बढी क्रान्तिकारिता देखाउन खोजियो भन्ने बझुाई भएकै छ । पार्टीका नेताहरु दौरा सुरुवारकै पक्षमा नभए पनि उहाँहरु (प्रचण्ड बाबुराम) पहिलो पटक सार्वजनिक हुँदा बालुवाटारमा एउटै पोसकमा बालुवाटारमा देखिनु भएको थियो । पछि सम्म पनि उहाँहरुले एउटै पोसाक लगाउनु भयो । त्यो किन ? किन भने उहाँहरुले आफ्नो बाहिरी चिनारीको लागि हो नी त !

पार्टी भित्र मात्रै होइन, अन्य राजनीतिक दलका साथीहरुको वीचमा पनि मैल दौरा सुरुवाल लगाएकोमा चर्चा चलेको छ । धेरैले मलाई दुई वटा प्रतिकृया दिनुभएको छ पहिलो ‘खुसी लाग्यो’ भन्नु भयो र अर्को चाँही ‘ ओ हो कस्तो सुहाएको’ ।

भारतीय प्रधानमन्त्रीको संसदमा सम्बोधन हुने दिनमा म गएको थिए । त्यसमा अन्य दलका नेताहरुले मलाई दिनु भएको प्रतिकृया भनेको नकारात्मक टिप्पणी  नै हो । माधबजी (माधबकुमार नेपाल ) ले त सबैको वीचमा लगेर फोटो खिचाउनुभयो । कृष्ण सिटौलाजी, पूर्णवहादुर खड्काजीहरुले ‘बाफ रे बाफ, छलाङ्ग भनेको यहि रहेछ’ भन्नुभयो । कतपिपय साथीहरुले ‘तपाइँईहरुको क्रमभंग थियो नी हो, त्यो त यहाँ भएछ’ भन्नुभयो । तर मेरो क्रमभंग त होइन ।

म नेवार समुदायको ब्यक्ति । ज्यापुहरुको पहिले देखिको ड्रेस नै हो दौरासुरुवाल त । मैले पहिला पनि दौरा सुरुवाल लगाएको थिए ।
अझै पनि म सँधै लगाउछु भन्ने होइन तर बिदेशीसँग आफूले प्रतिनिधित्व गर्ने ठाउँमा दौरा सुरुवाल लगाएर जाँदा मलाई खुसी लाग्छ । सके सम्म म त्यो गर्छु र नेपाली हो भनेर बाहिरी रुपमा चिनाउनको लागि मैले सँधै दौर सुरुवार र टोपी लगाउने छु ।
ओएनएस न्युजका लागि सरोज दाहालसँगको कुराकानीमा आधारीत


  •  
  •  
  •