वाट्सएपसँग जोडिएर फेसबुकले नयाँ सुविधा ल्याउँदै

108
  •  
  •  
  •  

whatsapp-and-facebook-integrationकाठमाडौ/एजेन्सी : वाट्सएप किनेको एक वर्षपछि फेसबुक अब नयाँ सुविधाको परिक्षणमा जुटेको छ । समाचारहरूमा जनाइए अनुसार फेसबुक आफ्नो मोबाइल एप्लिकेशनमा वाट्सएप इन्ट्रिग्रेट गर्न जुटेको छ । यदी यसो हुन सके फेसबुकबाट नै वाट्सएप म्यासेज पठाउन सकिने छ ।

दी गिग टाइमको प्रतिवेदन अनुसार फेसबुक एपको पछिल्लो भर्सनमा केही प्रयोगकर्ताले स्ट्याटस अपडेट्सको एक्सन बटनमा वाट्सएप जस्तो आइकन भएको ‘सेन्ड’ बटन देखिनेछ । यो नयाँ सुविधा वाट्सएप र फेसबुक दुवै नै लोकप्रिय प्लेटफर्मको लागी नया पहल थालिनेछ । यदी इन्ट्रिग्रेशन सफल भए, वाट्सएप र फेसबुक दुवैमा मोबाइल म्यासेजिङ मार्केटलाई लक्षित गरिनेछ । हालै वाट्सएपले भ्वाइस कलिङ सुविधा सार्वजनिक गरिएको छ । यो सुविधा अहिले एण्ड्रोइड प्रयोगकर्ताका लागि मात्र दिइएको छ । समाचारमा जनाइए अनुसार भ्वाइस कलिङ्ग सुविधा विण्डोज फोनको लागी पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

वाट्सएप भ्वाइस कलिङ्ग सुविधा अब विण्डोज प्लेटफार्ममा हुने सुनिश्चित भएको हो । समाचारमा जनाइए अनुसार वाट्सवेप टोलीले एक प्रयोगकर्तालाई जवाफ पनि दिएको छ, जसमा विण्डोज प्लेटफर्मका लागि भ्वाइस कलिङ्गको परिक्षण भइरहेको छ । तर, विण्डोज प्लेटफर्ममा कहिलेसम्म वाट्सएप भ्वाइस कलिङ्गको सुविधा आउनेछ भन्नेमा कुनै जानकारी दिइएको छैन् ।

प्रयोगकर्ताका लागि मात्र नभई हालै भएको एक कार्यक्रममा वाट्सएपको को-फाउण्डर ब्रायन एक्टनले यस विषयको पुष्टी गरेका छन् । उनले वाट्सएप भ्वाइस कलिङ्ग केही हप्तापछि आईओएस प्लेटफर्मको लागी आउनेछ । अब यो सुविधा पहिले विण्डोज या आईओएसमध्ये कुनमा आउनेछ भन्ने विषयमा कुनै जानकारी दिइएको छैन् ।।

वाट्सएप भ्वाएस कलिङ सुविधा हालै सबै एण्ड्रोइड प्रयोगकर्ताका लागि एक्टिभेट गरिएको थियो । यसभन्दा पहिले इन्भाईट सिस्टममा केही प्रयोगकर्ताहरूबीच मात्र सीमित थियो । यो सुविधाका लागि वाट्सएप प्रयोगकर्तालाई एण्ड्रोइड भर्जन २.१२.५ को आवश्यक पर्ने गर्छ ।


  •  
  •  
  •