पाँचबर्ष मुनीका बालबालिकालाइ भिटामिन ए क्याप्सुल खुवाइदै

323
  •  
  •  
  •  

काठमाडौं २ कात्तिक (ओएनएस) :

आज र भोलि देशभर पाँचबर्ष मुनीका बालबालिकालाइ भिटामिन  ए क्याप्सुल खुवाइदैछ । भिटामीन खुवाउने कार्यक्रम बिहानैबाट स्वास्थ्य सेवा केन्द्र र सामुदायिक अस्पतालहरुमा सुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले नियमीत रुपमा सन्चालन गर्दैआएको राष्टिय भिटामिन ए कार्यक्रम अन्तर्गत कार्तिक २ र ३ गते देशभरका ७५ जिल्लाका बालबालिकालाइ भिटामिन ए क्याप्सुल र जुकाको औसधी खुवाउने गरीन्छ ।

दुइ दिनमा देशभरीका ६ महिना देखि पाँचवर्षसम्मका करिव ३७ लाख बालबालिकालाइ भिटामिन ए क्याप्सुल र ती मध्ये एक बर्ष देखि पाँच बर्षसम्मका करिव ३१ लाख बालबालिकालाइ जुकाको औषधी समेत खुवाउने कार्यक्रम रहेको छ ।

नेपाल सरकारले यस वर्ष देखि यस कार्यक्रममा सहयोग गर्ने स्वयसेविकाहरुलाइ प्रतिदिन दुइ सयका दरले प्रोत्साहन स्वरुप यातायात खर्च उपलव्ध गराउने नीति लिएको स्वस्थ्य मन्त्रालयले जनाएकाके छ ।

बालमृत्युदर घटाउने भिटामिन ए को कमीका कारण हुने रतन्धो लगायतका आँखा सम्बन्धी रोगहरुको रोकथाम गर्ने शरीरमा राम्रो सग लड्ने क्षमता बढाउने तथा भिटमिन ए को कमील्ााइ जनस्वास्थ्य सम्बन्धी समस्याको रुपमा रहन नदीने उदेश्यले २०५० साल देखि राष्टिय भिटामिन ए को कार्यक्रम गरीदै आइएको छ ।


  •  
  •  
  •