आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने

302
  •  
  •  
  •  

vitamin-a-capsuleकाठमाडौ, ६ बैशाख(ओएनएस) : देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रमअनुसार वैशाख ६ र ७ गते ६ महिनादेखि ५ वर्षसम्मका लागि भिटामिन ए खुवाउने गरिन्छ ।

यस्तै, एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने बाल स्वास्थ्य महाशाखाले जनाएको छ । नगरपालिका र गाविसका हरेक वडामा तोकिएका केन्द्रहरूमा भिटामिन ‘ए’ जुकाको औषधी खुवाउने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।

यसका लागि स्वास्थ्य स्वयम्सेविकाहरूलाई परिचालन गरिएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ ।


  •  
  •  
  •