राष्ट्रिय भिटामिन ए कार्यक्रम आगामी मंसिरमा

73
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय भिटामिन ए कार्यक्रम आगामी मंसिरमा सञ्चालन गरिने भएको छ । यसअघि कात्तिक महिनामा नै भिटामिन ‘ए’ र ‘जुका’को औषधि खुवाउने गरिएको थियो । तर यस पटक भने कोरोना भाइरसको जोखिमका कारण पछाडि धकेलिएको हो ।

परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर भीम सिंह तिंकरीले मंसिर ११ र १२ गते भिटामिन ‘ए’ र ‘जुका’को औषधि खुवाउने कार्यक्रम तय भएको जानकारी दिए ।

सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने अभियान चलाउँदै आएको छ । तर यस पटक कोरोनाको जोखिमका कारण वैशाख महिनामा कार्यक्रम हुन सकेन ।

एक महिना ढिलो गरी अभियान भएकाले अहिले पनि एक महिनापछि सरेको महाशाखाका निर्देशक डाक्टर तिंकरीले बताउनुभयो । ६ महिनाको अन्तरमा जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउनुपर्ने चिकित्सकहरु बताउँछन् ।


  •  
  •  
  •