सार्वजनिक सवारी साधनमा भ्रमण वर्षको लोगो

669
  •  
  •  
  •  

काठमाडौं । देशभरका सार्वजनिक सवारी साधनमा ‘नेपाल भ्रमण वर्ष, २०२०’ अभियानको लोगो राखिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच सवारी साधनमा लोगो राख्ने समझदारी भएको हो ।

सोही अनुसार अभियान बिहीबारबाट शुभारम्भ भएको छ । सबै सार्वजनिक यातायातका साधनमा देशका विभिन्न मठ, मन्दिर तथा पशुपक्षी र वन्यजन्तुको तस्वीरसहितको नमूना लोगो बनाएर टाँसिनेछ । यस्तो लोगो चार प्रकारको हुनेछ । गाडीको अवस्थिति र प्रकृतिअनुरुपको उपयुक्त लोगो टाँसिनेछ ।

प्रारम्भमा पशुपतिनाथ, स्वयम्भू, लुम्बिनी तथा हात्ती, ढाँफे र हिमालको तस्बिर अंकित लोगो बनाइएको छ । आगामी मङ्सिर १५ गतेभित्र सबै यातायातका साधनमा लोगो टाँसिने बताइएको छ ।

देशभार कालो नम्बर प्लेटधारी यात्रुबाहक र मालबाहक गरी तीन लाख हाराहारीमा यातायातका साधन रहेको महासंघले जनाएको छ । अभियानको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले शुभारम्भ गरेका छन् ।


  •  
  •  
  •