‘नेपाल भ्रमण वर्ष २०२०’ को आजदेखि औपचारिक सुरुवात

515
  •  
  •  
  •  

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को औपचारिक सुरुवात आजदेखि हुँदैछ ।  आज काठमाडौं दशरथ रंगशालामा भव्य समारोहकाबीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने तयारी गरिएको छ ।

 

भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो ४ बजे औपचारिक शुभारम्भ गर्नेछिन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

समारोहमा सांस्कृतिक कार्यक्रम पनि हुनेछ । राष्ट्रिय गान सकिएलगत्तै बाजासहित रंगशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न संघ–संस्थाले परेड गर्ने कार्यक्रम रहेको छ ।

आजै भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गर्ने कार्यक्रम रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ ।

भ्रमण वर्षको यती मस्कट पनि आजै सार्वजनिक हुनेछ । भ्रमण वर्ष सचिवालयका अनुसार काठमाण्डौमा दशरथ रंगशालासँगै सातै प्रदेशका मुख्य मन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नेछन् ।


  •  
  •  
  •