कुनै पनि देशमा श्रम गर्न भिजिट भिसामा नजान विभागको आग्रह

684
  •  
  •  
  •  

काठमाडौं । वैदेशिक रोजगार विभागले यूएई लगायतका कुनै पनि देशमा श्रम गर्नका लागि भिजिट भिसामा नजान आग्रह गरेको छ ।
विभागले विभिन्न देशमा राम्रो काम र सेवासुविधाको प्रलोभनमा भिजिट भिसामा पठाएका श्रमिकहरु ठगीमा पर्ने क्रम शुरु भएको भन्दै प्रलोभनमा परी भिजिट भिसामा वैदेशिक रोजगारीमा नजान आग्रह गरेको हो ।

यसरी श्रमिक पठाउनमा विभिन्न व्यक्ति र संस्था संलग्न भएकोप्रति ध्यानकर्षण गर्दै विभागले गैरकानुनी रुपमा श्रमिक पठाउने काम नगर्न र नगराउन पनि आग्रह गरेको छ । यसरी परदेश गएकाहरु ठगीमा परेर विभागमा उजुरी पर्न थालेको छ ।


  •  
  •  
  •