पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागारिक अवैध बिदेशी मुद्रासहित पक्राउ

405
  •  
  •  
  •  

काठमाडाैँ, १० बैशाख (अाेएनएस) : अवैध बिदेशी मुद्रासहित पर्यटक भिसामा नेपाल आएका एक चिनियाँ नागरिकलाई अवैध बिदेशी मुद्रासहित प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।

बिशेष सूचनाको आधारमा प्रहरीले आइतबार साँझ चिनियाँनागरिक फोक्सी क्याओलाई १९ हजार ९ सय २५ अमेरिकन डलर र ३८ हजार चिनियाँ युयानसहति पक्राउ गरेको हो।

अवैध काारोबारको रकम चीन लैजान खोज्ने क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ। ह्यान्ड क्यारीमा लुकाएर उनले डलर तस्करी गर्न खोज्ने क्रममा उनी पक्राउ परेका थिए।

पक्राउ परेका चिनियाँ नागरिक क्याअाेमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।


  •  
  •  
  •