चीनमा कोरोनाभाइरसले मृत्यु हुनेको संख्या ४१ पुग्यो

75
  •  
  •  
  •  

एजेन्सी । चीनको ख्हबेई प्रान्तमा कोरोनाभाइरसका कारण थप १५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४१ पुगेको अधिकारीहरूले बताएका छन्।
त्यस्तै भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ हजार २ सय ८७ पुगेको छ।

चीनमा नयाँ वर्षको आगमन हुँदै छ। तर भाइरसका कारण त्यहाँ थुप्रै कार्यक्रमहरू रद्द गरिएका छन्।

कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ। फ्रान्समा तीन जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ।

चिनियाँ सञ्चार माध्यमहरूका अनुसार एक हजार शैया रहने भनिएको नयाँ अस्पताल छ दिनभित्र तयार भइसक्ने सम्भावना छ। त्यसका लागि धमाधम काम भइरहेको बताइएको छ।

यो परियोजनाले ‘हाल विद्यमान स्रोतहरूको अभावलाई सम्बोधन गर्ने छू र यो छिट्टै बन्नुका साथै धेरै लगानी लाग्ने छैन किनकि यो प्रिफ्याब भवन हुने छ’ चान्गजीयाङ पत्रिकामा भनिएको छ।

वुहान सहरमा रहेका औषधि विक्रेताहरूसँग आवश्यक सामग्रीको अभाव हुन थालेको छ भने अस्पतालहरू हताश सर्वसाधारणहरूले भरिएका छन्। कोरोनाभाइरसको सङ्क्रमण भएपछि ज्वरो आउँछ र त्यसपछि सुख्खा खोकी लाग्छ। केही हप्तापछि सास फेर्न गाह्रो हुन्छ र केही बिरामीलाई अस्पताल लैजाने अवस्था आउँछ। तर कैयौँ अवस्थामा यस्ता लक्षण नदेखिका बिरामी पनि भेटिने गरेको विज्ञहरू बताउँछन्।

चार मध्ये एउटा मामला गम्भीर मानिने गर्छ। चीनमा कोरोनाभाइरसको सङ्क्रमण फैलँदै गर्दा देशका विभिन्न भागमा नियन्त्रणका नियमहरू लगाइएका छन्।

थप शहरहरूमा आवतजावतमा बन्देज लगाइएको छ। धेरै चाप परेका अस्पतालमा सैन्य स्वास्थ्य कर्मचारी खटाइएका छन्।


  •  
  •  
  •