अनुष्का र विराट विवाह बन्धनमा बाँधीने !

162
  •  
  •  
  •  

anushka-sharma-virat-kohliकाठमाडौं, ५ कात्तिक (एजेन्सी) : भारतीय क्रिकेट टोलीका ब्याटस्म्यान विराट कोह्लीको परिवारले उनकी प्रेमीका अनुष्का शर्मासँग भेटघाट गरेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार विराटका परिवार उनलाई विवाहको बन्धनमा बाँधिदिने तयारीमा जुटेको छ भने उनकी प्रेमीकालाई पनि यसै वियषमा केन्द्रित भएर भेटघाट गरेको हुन सक्ने अनुमान गरिएको छ ।

विराटकी आमा सरोज मुम्बई पुगेर अनुष्कालाई भेटेको सञ्चारमाध्यमहरूले जनाएका छन् । उनीसँग विराटका भाई समेत उपस्थित थिए । विराटकी आमा र भाईले अनुष्काको परिवारसँग पनि भेट गरेको बताइएको छ ।

यसअघि पनि भारतीय टोली इङल्याण्डसँगको प्रतियोगिताको क्रममा अनुष्का विराटसँग भेट्न पुगेकी थिइन् र उनीहरू एकै होटेलमा बसेका थिए । भारतीय क्रिकेट बोर्ड(बीसीसीआई)ले यस विषयमा सफाई दिँदै विराट र अनुष्का चाँडै नै विवाह बन्धनमा बाँधिने बताएको थियो । उसले यसै कारण पनि उनीहरु दुईलाई एकै होटेलमा बस्न दिएको बताएको थियो ।

तर, अनुष्काले भने यस विषयलाई ठाडै अस्विकार गरेकी थिइन् । पछिल्लो पटकको घटनाले भने उनीहरु दुवै विवाह बन्धनमा बाँधिन सक्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्मयहरू जनाउँछन् ।

अनुष्का शर्माका खास साथीका रूपमा रहेका बलिउड स्टार नायक शाहरूख खानले आईपिएलको ओपनिङ्गका क्रममा विराट र अनुष्कासँग निकै रमाइलो गरेका थिए भने उनले विराटको स्वयंवर आयोजना गरेर उनकालागी अनुष्काको चयन समेत गरेका थिए ।


  •  
  •  
  •