विराट बने भारतीय क्रिकेट टिमको कप्तान

120
  •  
  •  
  •  

virat-kohliकाठमाडाैं, २३ पुस (एजेन्सी) : विराट कोहली सीमित ओभरको क्रिकेटको भारतीय टिमका कप्तान बनेका छन् ।

महेन्द्र सिंह धोनीले एक दिवसीय तथा टि–२० क्रिकेटको कप्तानबाट राजीनामा दिएपछि कोहली कप्तानमा नियुक्त भएका हुन् ।

 विराटले जनवरी १५ देखि इङ्ल्यान्डविरुद्ध सुरु हुने एकदिवसीय र टि–२० को नेतृत्व सम्हाल्ने छन् । श्रृंखला जनवरी १५ देखि सुरु हुनेछ ।
यद्यपी, टोलीमा पूर्वकप्तान धोनी भने समावेश हुनेछन् ।

भर्खरै वैवाहिक बन्धनमा बाधिएका युवराज सिंह पुनः टोलीमा फर्किएका छन् । उनी ३ वर्षपछि टोलीमा फर्किएका हुन् ।


  •  
  •  
  •