अनुष्काले विराटको जीवनमा यस्तो परिवर्तन ल्याइदिइन्

242
  •  
  •  
  •  

virat-kohli-anushka-sharmaकाठमाडौ, बैशाख(एजेन्सी) : विराट कोह्ली र अनुष्का शर्माको प्रेमको बारेमा धेरै कुरा थाहा पाइएको, सुनिएको र देखिएको छ । विश्वकपका क्रममा आलोचनाका बावजुत यी दुईले एक अर्कालाई साथ दिएर आफूहरूको प्रेम साँचो भएको प्रमाण दिएका छन् ।

अनुष्का आफ्नो जीवनमा आएपछि आफ्नो जीवनमा निकै धेरै परिवर्तन आएको कोह्लीले बताएका छन् । कोह्लीले जीवनमा स्थिरता आउनु आफ्नो जीवनको सबैभन्दा ठूलो परिवर्तन भएको बताएका छन् ।

विराटले सबैभन्दा पहिले ट्वीटरमा ट्वीट गर्दै अनुष्काप्रति आफ्नो प्रेम अभिव्यक्त गरेका थिए र उनले अहिले पनि अनुष्काको प्रशंसा गर्नका लागि कुनै कन्जुस्याईँ गर्दैनन् । उनले हालै पनि अनुष्काको निकै प्रशंसा गरेका छन् ।

विराटले आफ्नो प्रेमको आधार विश्वास भएको बताएका छन् र एक अर्कालाई पूर्ण भरोसा भएको समेत उल्लेख गरेका छन् । विराटले अनुष्कालाई लिएर प्रोटेक्टिव पनि छन् र विश्वकपको सेमिफाइनलमा हार्नुका पछाडि अनुष्काको हात रहेको भन्दै जिम्मेदार ठहर्याउँदा उनलाई निकै रिस उठेको थियो ।

विराट र अनुष्का एक अर्कालाई निकै विचार गर्छन्, ख्याल गर्छन् र एक अर्को सम्मान पनि गर्छन् ।


  •  
  •  
  •