ब्याटिङ होइन सुटिङको अभ्यासमा विराट कोह्ली…(तस्विरसहित)

75
  •  
  •  
  •  

काठमाडौ, २४ असोज(एजेन्सी) : भारतीय क्रिकेटका मुख्य ब्याटस्म्यान विराट कोह्लीका कारण भारतीय क्रिकेट निकै तनावमा देखिन थालेको छ । हारिसकेको खेललाई आफ्नो पक्षमा पार्न सक्ने खेलाडी कोह्ली आजकल खेलमा एकाएक फ्लप हुन थालेका छन् । उनले खेल्न नसक्नुको कारण खुट्याउनका लागि पुरै भारतीय क्रिकेट बोर्ड नै लागेको समाचारहरूमा जनाइएको छ ।

आखिर के हो त कोह्लीको फ्लप हुनुको कारण ?

विराट कोह्ली आजकल क्रिकेट भन्दा पनि विज्ञापनको सुटिङमा निकै व्यस्त हुन थालेको छ । उनकी प्रेमीका अनुष्का शर्माले हेयर स्टाइलिस्ट र मेकअप म्यानसँग कुरा गरेर विराटलाई परफेक्ट लुक दिनका लागि विभिन्न टिप्स दिएकी थिइन् ।

विज्ञापनको सुटीङ भईरहँदा विराटले एक ठाऊँमा राम्रो अभिनय गर्न सकेका थिएनन्, त्यतिबेला उनले आफूलाई भ्यानमा बन्द गरे र उक्त सिनका लागि लगातार अभ्यास गरिरहे । उनी आफू सन्तुष्ट नभएसम्म अभ्यास गरिरहे ।

कोह्लीले विज्ञापनका लागि गरेको अभ्यासलाई क्रिकेटमा ५० प्रतिशत मात्र लगाए उनको खराब भएको फर्म पुनः आउने भारतीय सञ्चारमाध्यमहरूको भनाई छ ।

virat-kohli-more-sincere-for-ad-shoots virat-kohli-more-sincere-for-ad-shoots1


  •  
  •  
  •