विराटले सार्वजनिक रूपमा भने, ‘अनुष्का मेरी प्रेमीका’

256
  •  
  •  
  •  

virat-kohli-anushka-sharmaकाठमाडौ, ४ चैत(एजेन्सी) : भारतीय टोलीका उपकप्तान विराट कोह्ली र बलिउड नायीका अनुष्का शर्माबीचको प्रेम बिस्तारै खुलेर सामुन्ने आइरहेको छ । कोह्लीले विश्वकपको व्यस्तताका बीच अनुष्काले अभिनय गरेको चलचित्र एनएह १० चलचित्र हेरेका छन् । यसपछि उनले ट्वीट गर्दै अनुष्का शर्माको प्रशंसा गर्दै आफ्नो प्रेम समेत जताएका छन् ।

उनले लेखेका छन्, ‘मेरो प्रेमीका अनुष्काले चलचित्रमा निकै राम्रो अभिनय गरेकी छिन् । मलाई अनुष्कामाथी गर्व छ ।’ विराट कोह्लीले अनुष्का शर्माको बारेमा पहिलो पटक यसरी खुलेर ट्वीट गरेका हुन् । एनएह १० अनुष्का शर्माले निर्देशन गरेकी हुन् भने उनले आफै मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी छिन् ।

विराट कोह्ली र अनुष्का शर्माको सम्बन्धलाई लिएर चर्चा भइरहेका थिए । यसैक्रममा उनीहरूले लामो समयदेखी आफ्नो सम्बन्धबारे केही खुलाएका थिएनन् । तर केही समय पहिले अनुष्का शर्माले विराट कोह्लीको बारेमा बयान दिँदै आफ्नो प्रेमी भएको बताएकी थिइन् । यसपछि विराटको जवाफको प्रतिक्षा भइरहेको थियो । यसै प्रतिक्षाका क्रममा कोह्लीले ट्वीटरमा बयान दिएर सबैलाई चकित पारिदिएका छन् ।

[box type=”shadow” ]

[/box]


  •  
  •  
  •