कोह्ली बने रोनाल्डो, चर्चा शिखरमा

186
  •  
  •  
  •  

virat-ronaldo-look2काठमाडौ, ८ फागुन(एजेन्सी) : भासरतीय टोलीका उपकप्तान विराट कोह्लीले हेयर स्टाइल परिवर्तन गरेर चर्चाको शिखरमा पुगेका छन् । उनले आफ्नो कपाललाई रियल म्याड्रिडका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको जस्तै लुक दिएका छन् ।

virat-ronaldo-lookपाकिस्तानविरुद्धको खेलमा शानदार प्रदर्शन गरेर शतक प्रहार गर्ने विराट कोह्ली कपाल काट्नका लागि मेलवर्नको चर्चित शैलुन ‘टोनी एण्ड गाइ’मा पुगेका थिए । जब उनी शैलुन बाहिर निस्के त्यसपछि साथीहरूबीच उनको नयाँ लुक चर्चाको केन्द्र बनेका छन् । कोह्ली यसभन्दा पहिले पनि कपाललाई रोनाल्डोको जस्तै लुक दिइसकेका छन् । त्यतिबेला पनि उनको चर्चा निकै बढेको थियो ।

कोह्लीले गरेको यो हेयर स्टाइल चेन्ज भारतीय क्रिकेटरमध्ये पहिलो भने होइन । कप्तान महेन्द्र सिंह धोनीले पनि हेयर स्टाइल परिवर्तन गरेर चर्चा बटुलेका थिए । उनले पनि आईपीएल ७ का क्रममा धोनीले रोनाल्डोको जस्तै कपाल काटेका थिए ।


  •  
  •  
  •