युद्धको भयानक दृश्य : ४ वर्षकी बालिकाले क्यामेरालाई बन्दुक सम्झिएपछि…

173
  •  
  •  
  •  

syria-girlकाठमाडौ, १५ चैत(एजेन्सी) : गत केही वर्षदेखी सीरियामा जारी गृहयुद्ध र हालै आतंकी संगठन आईएसआईएसको बढ्दै गरेको प्रभाव स्थानीय बालबालिकाहरूमा पनि परेको छ ।

जुन उमेरमा कितान र कार्टुनमा रमाउनु पर्ने हो, त्यो उमेरमा बालबालिकाहरू बमको विस्फोटनको आवाज र हतियारको डरमा बाच्नु परिरहेको छ । नादिया अबु शाहबान नामका एक फोटो पत्रकारले हालै सिरियाको एक तस्वीर ट्वीट गरेकी छिन्, जुन सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उक्त तस्विरमा एक ४ वर्षकी बालिकाले आफ्नो दुवै हात उठाएर आत्मसमर्पण गरिरहेको देखिएको छ । फोटो पत्रकारका अनुसार तस्वीर खिच्ने क्रममा बालिकाले क्यामेरालाई बन्दुक सम्झिएर हात उठाएर आत्मसमर्पण गरेकी थिइन् ।

केही समयअघि देखी सीरियामा बशर अल असद सरकारले विद्रोहीहरूमाथि हवाई हमला सुरू गरेको छ । यता आईएसका दायरा पनि बढिरहेको छ । कुर्दीश लडाकु र आईएस आतंकीबीच मुठभेड तिव्र भइरहेको छ । हालै कुर्दिश लडाकुहरूले सीरियाको कोबानी शहरलाई आतंककारीहरूको कब्जाबाट मुक्त गराएका थिए । उकत् द्धन्द्धमा हजारौ कुर्दीश लडाकुहरू र आतंकीहरू मारिएका थिए । यसभन्दा पहिले उक्त शहर आईएस आतंकीहरूको गढ बनेको थियो । त्यहाँका स्थानीय कुर्दिशहरू सीमा क्षेत्रमा शरणार्थी बनेका थिए । आतंककारीहरुले त्यहाँ हजारौ यजीदी बालबालिका र महिलाहरुलाई आफ्नो निशाना बनाएका थिए ।


  •  
  •  
  •