खुट्टाले कार चलाउँछन्, काँधले दाह्री काट्छन् यी व्यक्ति…(तस्विरसहित)

590
  •  
  •  
  •  

vikram-agnihotri-who-drive-from-legsकाठमाडौ/ पुस(एजेन्सी) : हात नभएका मानिसले कार चलाएको हामीले सायदै देखेका छौ होला । भारतका मध्यप्रदेशका एक व्यक्तिले भने खुट्टाले कार चलाउँछन् । विक्रम अग्नीहोत्री नामका ती व्यक्तिको हात छैन्र उनी खुट्टाले नै कार चलाउने गर्छन् र उनले लाइसेन्सको समेत माग गरिरहेका छन् ।

vikram-agnihotri-who-drive-from-legs2७ वर्षको उमेरमा एक दुर्घटनामा आपफ्नो हात गुमाएका उनले निकै भिड भएको सडकमा समेत सहजैकार चलाउन सक्ने दावि गर्छन् । उनी आफैले कार चलाएर हिड्न चाहन्छन् तर कानुनका कारण लाइसेन्स नपाउँदा उनले सडकमा कार चलाउन भने पाएका छैनन् । यातायात मन्त्रीले विक्रमको विषेश ड्राईविङ्ग टेष्ट लिएर उनलाई लाइसेन्स दिने सकिने नसकिने विचार गर्ने बताएका छन् ।

vikram-agnihotri-who-drive-from-legs3केही देशहरूमा विकलांगहरूलाई पनि ड्राईविंग गर्ने अनुमति दिइन्छ ।  तर, भारतले यस्तो सुविधा छैन् । विदेशमा ड्राईविंगका लागि मानिसले स्टियरिंगलाई खुट्टातिर राखेर कार चलाउने गरेका छन् । यता विक्रमले भने कुनै परिवर्तन नगरी सहजै कार चलाउन सक्ने दावी गर्छन् ।

vikram-agnihotri-who-drive-from-legs1उनले कार चलाउने मात्र होइन, स्विमिंग, फुटबल, काँधको सहारा लिएर सेविंग, खुट्टाले टाइपिङ र नाकले स्मार्टफोन चलाउन सक्छन् ।


  •  
  •  
  •