भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति

427
  •  
  •  
  •  

President election 2 (3)काठमाडौँ, ११ कात्तिक(ओएनएस) : एमालेकी उपाध्यक्ष विद्या देवी भण्डारी नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । उनी नेपालको पहिलो महिला राष्ट्रपति समेत बनेकी छिन् ।

बुधबार भएको राष्ट्रपति पदको मतदानमा भण्डारीले आफ्नो प्रतिष्पर्धी नेपाली कांग्रेसका कुलबहादुर गुरूङलाई पराजित गर्दै नेपालको पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित भएकी हुन् ।

राष्ट्रपतिका लागि आवश्यक रहेको २ सय ९९ मतभन्दा बढि मत अर्थात् ३ सय २७ मत ल्याएर राष्ट्रपतिका लागि नयाँ बानेश्वरको व्यवस्थापिका संसद भवनमा भएको मतदानबाट निर्वाचित भएकी हुन् । उनका प्रतिद्धन्दी कुलबहादुर गुरूङले २ सय १४ मत प्राप्त गरेका थिए ।

व्यवस्थापिका संसदमा भएको राष्ट्रपतिको मतदानको परिणाम ५ बजे बसेको संसदको बैठकमा सभामुख ओनसरी घर्ती मगरले घोषणा गरेकी थिइन् । उनका अनुसार खसेको कुल ५ सय ४९ मध्ये ८ बदर भएको छ भने ५ सय ४१ मत सदर भएको छ ।

राष्ट्रपति पदमा निर्वाचित भएपछि विद्या देवी भण्डारीलाई सबैभन्दा पहिले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका थिए भने अन्य शिर्ष नेता तथा सांसदहरूले बधाई दिइरहेका छन् ।


  •  
  •  
  •