भिडियो कन्फरेन्समार्फत् मन्त्रिपरिषद् बैठक बस्दै

129
  •  
  •  
  •  

काठमाडौं । पहिलो पटक आज भिडियो कन्फरेन्समार्फत् मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भिडियो कन्फरेन्समार्फत् मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेकाले भिडियो कन्फरेन्समार्फत बैठक बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री सिंगापुरबाटै भिडियोमा सामेल हुनेछन् । बैठकको अध्यक्षता पनि प्रधानमन्त्रीले नै गर्नेछन् ।


  •  
  •  
  •