राष्ट्रपति भण्डारीद्वारा एक महिनाको तलब पशुपतिनाथलाई

128
  •  
  •  
  •  

काठमाडौं १३ पुस (ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र कल्याणको कामनामा पशुपतिमा विषेश पूजा गरेकी छन् । राष्ट्रका नाममा बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको छ । मुलुकमा भइरहेको संकटको मुक्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले बिहान १०:२० मा विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषको आयोजनामा पूजा कार्यक्रम भएको हो । पशुपतिनाथको मन्दिर परिक्रमा विधिअनुसार प्रवेश गरी मूल मन्दिर र वासुकीनाथ मन्दिरमा पनि विशेष पूजाको कार्यक्रम तय भएको सदस्यसचिव डा. गोविन्द टन्डनले बताए ।

राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर परिसरमा पुगेपछि नेपाल वेद विद्याश्रमका वटुकले स्वस्तिवाचन र स्थानीयवासीले धिमेबाजा तथा बाँसुरी वादनले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीले करिब एक घन्टा पशुपतिनाथ मन्दिर परिसरमा बिताएकी थिइन ।

पशुपतिमा पूजा अर्चना गरेकी राष्ट्रपति भण्डारीले आफ्नो पहिलो महिनाको तलब पशुपतिनाथलाई अर्पण गरेकी छन् । उनले एक महिनाको तलब १ लाख २१ हजार ३ सय ६० रूपैयाँ पशुपतिनाथलाई अर्पण गरेकी हुन् ।


  •  
  •  
  •