९/११ आक्रमणका पीडितले साउदी अरबसँग क्षतिपूर्ती माग्ने !

177
  •  
  •  
  •  

काठमाडौँ, ५ जेठ(ओएनएस) : अमेरिकी सिनेटले ९/११ आक्रमणका पीडितहरूसँग जोडिएको एक विधेयक पास गरेको छ । उक्त विधेयक पारित भएपछि पीडितहरूले क्षतिपूर्तीका लागि साउदी अरब विरूद्व मुद्धा गर्दा गर्न पाउनेछन् ।

साउदी अरबले पहिले देखी नै उक्त विधेयकको विरोध गर्दै आएको थियो । यस विधेयकलाई ‘दी जस्टिस अगेन्स्ट स्पोन्सर्स अफ टेररिज्म एक्ट(जेएएसटीए)’ नाम दिइएको छ ।

अमेरिकी जाँच एजेन्सीहरूका अनुसार सन् २००१ मा भएको आतंकी आक्रमणमा साउदी अरबका मानिसहरूको पनि साथ रहेको थियो । तर, साउदी सरकारले भने यस विषयमा कुनै कारबाही नै नगरेको बताउँदै उक्त घटनाका पीडितहरूले मुद्धा दर्ता गर्ने तयारी गरेका हुन् ।

९/११ को आक्रमणको जिम्मेवारी लिनबाट साउदी अरब बच्दै आएको छ । यस विधेयकको विरोधमा साउदी अरबले अमेरिकालाई धम्की समेत दिएको थियो । साउदी अरबले उक्त विधेयक पास भएमा अमेरिकाको ७ सय ५० बिलियन डलर बराबरको सामान बेच्ने धम्की दिएको थियो । यता अमेरिकमा उक्त विधेयक पास हुनका लागि हाउस अफ रिप्रिजेन्टेटिभ्सले समेत अनुमोदन गर्न बाँकी रहेको छ । यसलाई अनुमोदन गर्नका लागि मतदानको प्रक्रिया हुनेछ र यसका लागि कुनै दिन तोकिएको छैन् ।

उक्त विधेयक पारित भएमा अमेरिकी सरकारलाई पीडितलाई क्षतिपूर्ती दिने जिम्मेवारी समाप्त हुनेछ । अर्थात् पीडितहरूले अमेरिकी सरकारको सट्टा साउदी अरब सरकारसँग क्षतिपूर्ती माग्नेछ । दुई खाले मानिसले क्षतिपूर्तीको दावी गर्न सक्छन् । उक्त आक्रमणमा घाइते हुने व्यक्ति र उक्त आक्रमणमा मारिने आफन्तले क्षतिपूर्तीको दावी गर्न सक्छन् ।

यदी विधेयक पास भएमा अमेरिका र साउदी अरबबीचको सम्बन्ध बिग्रिन सक्नेछ । उक्त विधेयक पास हुनु भनेको उक्त आक्रमणका लागि साउदी अरब मात्र जिम्मेवार हुनु भन्ने हो, यसकारण क्षतिपूर्ती पनि उसले मात्र दिनुपर्नेछ । यस्तो अवस्थामा साउदी अरबलाई आर्थिक रुपमा संकट उत्पन्न हुनेछ ।


  •  
  •  
  •