युवा संघले बाढीपिडितका लागि राहत संकलन

220
  •  
  •  
  •  

काठमाडौं, २० साउन (ओएनएस) : सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो  पीडितकालागि एमाले भातृसंगठन युवा संघले सोमबारबाट  राजधानीमा राहत संकलन शुरु गरेको छ । राजधानीको सडकमा उठाइएको राहत संकलनको क्रममा स्वस्फुर्त रुपमा राधानीबासीले चन्दा दिईरहेका छन् ।

युवासंघले नगद संकलनको अभियान शुरु गरेको भएपनि लत्ता कपडा सहयोग गर्ने दानीहरुको इच्छा अनुरुप कपडाहरु पनि संकलन भएको संघका अध्यक्ष महेश बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार नयाँ कपडाहरु दान गर्ने दान स्वीकार गरिएको छ ।

उनले भने हामी केही दिनमै सार्वजनिक कार्यक्रम गरेर सबै संकलिन सहयोग गृहमन्त्रालयमार्फत पिडितहरुलाई सहयोग दिनेछौं । आजसम्म युवा संघले ४० हजार सहयोग संकलन भईसकेको जानकारी दिएको छ ।

_AKD1794 _AKD1743

तस्वीरहरु: ओएनएस


  •  
  •  
  •