भिक्षु अश्वघोषको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने

548
  •  
  •  
  •  

काठमाडौं, २४ चैत(ओएनएस) : भिक्षु अश्वघोष महास्थविरको अन्त्येष्टि विशेष राष्ट्रिय सम्मानका साथ गरिने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले महास्थविरलाई विशेष राष्ट्रिय सम्मानका अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

भिक्षु अश्वघोष महास्थविरको ९३ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो । उनी २०४९ देखि ५४ सम्म राष्ट्रियसभाका सांसद थिए ।

राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिको रुपमा एमालेले उनलाई राष्ट्रियसभा सदस्य बनाएको थियो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका छैठौं संघनायक भिक्षु अश्वघोष महास्थवीरको निधन भएको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको जनाउँदै श्रद्धा–सुमन व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले शोक वक्तव्य जारी गरी सात दशकभन्दा लामो समयदेखि प्रव्रजित जीवनयापन गरिरहनु भएका भिक्षु अश्वघोषले बुद्धका सन्देश र दर्शनका विषयमा ज्ञानको व्यापक प्रसार गर्न सम्पूर्ण जीवन समर्पित गरेको उल्लेख गरेका छन् ।


  •  
  •  
  •