रोटी पोल्छन् चित्रबहादुर केसीका छोरा

383
  •  
  •  
  •  

काठमाडौं, २३ भदौ । संघर्ष र श्रम कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताका लागि अनिवार्य हुन्छ । नैतिकता र इमानदारिता उसको परिचय हुन्छ । तर यस्ता कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ता भेट्टाउन चाहिँ अहिले मुश्किल नै हुन्छ ।

तर अपवादमा नभेटिने पनि होइनन् । संघर्ष र श्रममा विश्वास गर्ने र नैतिकता र इमानदारीलाई भुल्न नसक्ने एउटा पात्र हुन्,कम्युनिष्ट नेता चित्रबहादुर केसीका छोरा सचित्र केसी । आफ्नो बुबाको पद–प्रतिष्ठालाई दाउमा राखेर लाभ लिनुभन्दा भट्टीमा रोटी पोलेर जीवन ज्युन उनी मजा मान्दा रहेछन् । उनी लामो समयदेखि अनामनगरमा रहेको एक ढावामा रोटी पोल्दै आइरहेका छन् ।

आजको नयाँ पत्रिका दैनिकसँग कुरा गर्दै उनले जीवनको कुनै कालखण्डमा इँटा कारखानामा मजदुरी गरेको समेत बताएका छन् । २०४९ मा विवाहपछि आर्थिक समस्याले गाँजेको र आफु भक्तपुरको हरिसिद्धी इँटा टायल कारखानामा इँटा उखेल्ने मजदुरको रुपमा काम गर्न पुगेको खुलासा उनले गरेका छन् ।‘२०४९ मा मेरो बिहे भयो । त्यसपछि आर्थिक समस्या झन् बढ्यो ।

भक्तपुरमा हरिसिद्धी इँटा टायल कारखानामा खेतको बुट्टा उखेल्ने काम सुरु गरेँ । नौ महिना काम गरेँ त्यहाँ । चार– पाँच महिना सेल्स अफिसमा काम गरेँ’ उनले आफ्नो संघर्षका दिनहरु सम्झदै भनेका छन् । उनले बोर्डिङको शिक्षक हुँदै बंगुरको खोर सोहोर्ने सम्मको काम गरेको पनि बताए । ‘पछि कोरियाका लागि म छनोट भएँ । त्यहाँ गएर बंगुरको खोरमा काम गरेँ । यता छोरो कोरिया पठायो भनेर बुबाको आलोचना भएछ’ उनले भने । 


  •  
  •  
  •