भेरी बवई आयोजनाको आज ‘ब्रेक थ्रु’गरिँदै

269
  •  
  •  
  •  

काठमाडौं, ३ वैशाख(ओएनएस) : प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय गौरवको भेरी बवई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मंगबलार(आज) ‘ब्रेक थ्रु’ गर्दैछन् ।

आयोजनाको प्रवेशद्वार भेरीगंगा नगरपालिका ११ को चिप्लेमा ‘ब्रेक थ्रु’ कार्यक्रम राखिएको छ ।
प्रधानमन्त्री ओलीले बटन थिचेर टनेल बोरिङ मेसिन ‘टीबीएम’लाई सुरुङबाहिर निकाल्ने कार्यक्रम छ । चिनियाँ कम्पनी कोभेकले सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न गरेको हो ।

आयोजनाका लागि बबई नदीको किनार हात्तीखालबाट १२ किलोमिटर लामो सुरुङ निर्माण गरिएको हो । आयोजनावाट प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई सुरुङमार्फत बवई नदीमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

त्यस्तै आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिंचाइ सुविधा पु¥याउने उद्देश्यपनि राखिएको छ । सुरुङ खन्ने बाहेकका काम भने हुन बाँकी नै छ ।


  •  
  •  
  •