युरीया मलको प्रयोगले कृषि उत्पादनमा कमी

225
  •  
  •  
  •  

रुपन्देही, २६ कात्तिक(ओएनएस) : रुपन्देहीको खुदावगरीका कृषक वृजेश गुप्ता आफ्नो खेतमा रोपेको धानको उत्पादनमा कमी भएपछी उनी चिन्तित भएका थिए । उनको खेतमा रोपेको धान गत बर्ष भन्दा कम उत्पादनमा कमी आएको छ ।

धान मात्र होईन खेतमा लगाउने अन्य वालि पनि निरन्तर घटेपछि चिन्तीत बन्दै सुधार गर्ने उपायहरु सिचाई , मल , रोग आदिमा ध्यान दिए ।४ बिघा खेतमा निरन्तर उत्पादन घटेपछि केही हप्ता आगाडि आफन्तको सल्लाहमा माटो परिक्षण गरे । परिक्षणपछि माटोका कारणले उत्पादन कमी आएको पत्ता लागेको छ ।

त्यस्तै दयानगर गाबिसका राम शकंर ठाकुरको बालिमा प्रत्येक बर्ष उत्पादन घटेपछि जिविकोपार्जन गर्न धौधौ परेको बताउँछन् । ‘बावुले त्यहि खेतवाट ९ जनाको परिवारलाई राम्रो सँग पालेर केही धान र मसुरो बेच्नहुन्थ्यो उनले भने तर अहिले पेट पाल्नको लागी पनि समस्या हुन थाल्यो , युरीया मल हालेपछि उत्पादन घटेकोघटै छ ।’

पछिल्ला ५ – ७ वर्ष यता निरन्तर उत्पादनमा कमी आउन थालेपछि कृषकहरु निरास बनेका छन् । रुपन्देही, नवलपरासी , कपिलबस्तुमा जिल्ला रहेका सिमा क्षेत्रका गाबिसहरु तुलानात्मक रुपमा कमी आउन थालेको हो ।
बालिनाली उत्पादनमा कमि आउनुको एउटा कारण माटो अमिलो हुनु र अग्लो भाग कम हुने भएको जिल्ला कृषी विकास कार्यलय रुपन्देहीका प्रमुख कृष्ण भद्र अधिकारीले बताए ।
पुख्यौली रुपमा कृषी पेशा गरिरेहकाहरु सिचाई तथा मल आदिका कारणले उत्पदान कमी भएको भन्दै रासायनिक मलको मात्रा धरै प्रयोग गरी गरिरहेको कृषक ठाकुरको अनुभव छ । उनले भने ‘ मेरो गाँउमा धरैलाई थाह थिएन रासयीक मल प्रयोग गर्दा मल उत्पादनमा कमी आउने , अहिले बल्न बुझ्न थालेका छौं।’

उत्पादनमा कमी आउन थालेपछि कृषहरु माटो परिक्षण गर्न थालेका छन् । सरकारले कृषकहरुको सुबिधाको लागी माटो परिक्षण गर्ने व्यबस्था समेत मिलाईदिएको छ । कृषकहरुले युरीया मलको प्रयोग धरै गर्दा माटो उत्पादन क्षमता ह्रास आएका कारणले बालि नाली उत्पदान कमी आएको छ ।

भारतमा उक्त मलको प्रयोगसगै नेपाली कृषकहरु पछिल्ला १५ बर्ष यता प्रयोगमा तिब्रता आएपछि माटोको प्राङ्गारिक पदार्थमा घटेर उत्पादनमा कमि आउन थालेको विज्ञहरु बताउँछन् ।
सरकारले सञ्चालन गरेका माटो शिविर र माटो परिक्षण केन्द्रमा आएका कृषकहरुको परिक्षणबाट पछि कृषि मन्त्रालय माटोको गुणस्तर सुभार्न सचेत भएको छ ।

मन्त्रालयले माटो परिक्षण केन्द्रहरु थपेको छ भने कृषी कार्यलयले कृषकहरुमा हरियो मल प्रयोगमा आकर्षित गर्ने, कृषि चुना प्रयोग , प्राराङ्गिक मल निमार्ण गर्न तालिम , गोष्ठी सचालन गर्ने गरेको छन् ।
जिल्ला कृषि विकास कार्यलय रुपन्देहीका बालि विकास अधिकृत जय बहादुर महत्राका अनुसार युरीका मात्रा एकल प्रयोग रोक्न लागी कृषहरुहरुलाई सचेत गराउनु आवश्यक छ ।
उनका अनुसार बिभिन्न परिक्षणबाट जिल्लामा ५दशमलव५ देखी ७ दशमलव ५ पिस माटो हुनुपर्दछ ।


  •  
  •  
  •