सभासदको घरमा तरकारी पाक्नै छाड्यो !

219
  •  
  •  
  •  

काठमाडौं, १२ साउन (ओएनएस) : तरकारीमा अधिक विषादीको बिषय यतिवेला सर्बत्र चर्चाको विषय बनेको छ । तरकारीमा विषादीको प्रयोग प्रधानमन्त्रीदेखि सामान्य मजदुरको घरसम्म चर्चाको विषय बनेको छ ।

‘आजकाल घरमा तरकारी पाक्न छाड्यो, नेपाली कांग्रेसका सभासद् धनराज गुरुङले आइतवार संसदको शून्य समयमा भने, ‘विषाधीको प्रयोगले घरमा तरकारी पाक्नै छाड्यो, जनताको स्वास्थ्यमा खेलवाड भयो ।’

गुरुङ मात्र होइन, सभासद निर्मल प्रसाद सुबेदीलाइ पनि बिषादी प्रयोग गरेको तरकारीले सातो खाएको छ । संसदको शून्य समयमा उनले भने, ‘तरकारीमा यति धेरै विषादी प्रयोग हुदा समेत सरकार किन मौन छ ?’

एकीकृत माओवादीका रामनारायण बिडारीले तरकारीमा विषादी र रासायनिक मलको सट्टा गड्यौलाबाट बन्ने भर्मिकम्पोष्ट मल उत्पादनमा जोड दिनु पर्ने बताए । आइतवार नै संसदीय समितिको बैठकपछि खाना खाने क्रममा सभासदहरु तरकारीमा विषादी प्रयोगको विषयमा चर्चा गरिरहेका थिए ।


  •  
  •  
  •