सलमानलाई अर्को मुद्धा, शोषण गरेको आरोप

539
  •  
  •  
  •  

salman-khanबलिउड स्टार सलमान खानमाथि एक निर्माताले गम्भिर आरोप लगाएका छन् । उनले सलमान खानमाथी शोषणको आरोप लगाएर ४ सय करोडको मानहानी मुद्धा दर्ता गरेका छन् । सलमान पहिले देखी नै अन्य तीन मुद्धामा अल्झिरहेका छन् ।

नयाँ मुद्धा चलचित्र ‘वीर’सँग जोडिएको छ । सन् २०१० मा प्रदर्शनमा आएको चलचित्रको आर्थिक विवादमा चलचित्रका निर्माता गलानीले सलमानमाथि मानसिक रूपमा यातना दिएको आरोप लगाएका छन् ।

निर्माताका अनुसार सलमान चलचित्र ‘वीर’ १० करोड भारतीय रूपैयाँमा गर्नेगरी अनुबन्ध भएका थिए । सलमानले यस क्रममा चलचित्र सुपरहिट भएमा आफूलाई १५ करोड भारतीय रूपैयाँ दिनुपर्ने माग पनि गरेका थिए । तर, चलचित्र फ्लप रह्यो । यसकारण सम्झौता अनुसार निर्माताले सलमानलाई कुनै थप रकम दिएनन् ।

तर, एक दिन अचानक सलमान खानको कार्यालयबाट पैसा माग्दै पत्र आयो र पैसा दिन बारम्बार भनिएको थियो । पैसाको विषयलाई लिएर बारम्बार निर्माता विजय गलानीलाई भनेपछि उनी अदालत गए । यसमा उनले जीत हासिल गरेका छन् र सलमानलाई कुनै रकम दिनुपर्ने छैन् ।

यसपछि निर्माता गलानीले सलमानविरूद्ध आफूलाई मानसिक रूपमा यातना दिएको भन्दै मुद्धा दर्ता गरेका छन् । उनले मानहानीको मुद्धा दर्ता गर्दै ४ सय करोड क्षतिपूर्ती माग गरेका छन् ।

गलानीका अनुसार सलमानले युवराज र वान्टेडमा ७ देखी ८ करोड भारतीय रूपैयाँ लिएका थिए । तर वीरमा उनले १० करोड भारतीय रूपैयाँमा अनुबन्धन गरेका थिए ।


  •  
  •  
  •