३ दिन जोर ,२ दिन विजोर

539
  •  
  •  
  •  

purano-busparkकाठमाडौ, ६ मंसिर(ओएनएस) : तपाईको गाडीको नम्वर कति हो जोर वा विजोर ? अव तपाईले नम्वर अनुसार मात्र गाडी चलाउनु पाउनुहुने छ ।

तपाँईको गााडीको नम्वर जोर छ भने सार्क सम्मेलनको ३ दिन चलाउन पाउनुहुने छ । विजोर छ भने २ दिनमात्र चलाउन पाउनुहअुनेछ ।

सार्क सम्मेलनको पाँच दिनसम्म पालैपालो जोर र विजोर गाडी चलाउन दिने निणर्य गरेको छ । सार्क शिखर सम्मेलनमा सुरक्षा व्यवस्थाका लाग यस्तो व्यवस्था गरेको हो ।

राजधानीमा मंसिर ८, १० र १२ गते जोर नम्बरका सवारी साधन चलाउन पाइने छ भने ९ र ११ गते बिजोर नम्बरका मात्र सवारी साधन चल्न पाउनेछन् ।

यो सवै प्रकारको गाडीको हकमा लागु हुन्छ ।

सोमवारदेखि नै दुई पांग्रे मोटरसाइकल, स्कुटरसहित सबै चारपांग्रे सवारी साधनमा जोर(बिजोर प्रणाली लागु हुने बताइएको छ । सवारीधनीले आफ्नो सवारी साधनको अन्तिम नम्बर जे छ, त्यही आधारमा जोर र विजोर छुट्याउन सक्छन् ।


  •  
  •  
  •