एम्वुलेन्स, दमकल तथा अस्पतालका गाडीलाई जोर विजोर नलाग्ने

188
  •  
  •  
  •  

  trafficकाठमाडौं, ७ मंसिर (ओएनएस) : सोमवारदेखि उपत्यकामा जोर विजोरको आधारमा गाडी सञ्चालन गरिने भएको छ । १८ औं सार्क शिखर सम्मेलनको बेला काठमाडौं उपत्यकाको ट्राफिक ब्यबस्थापनलाई सहज बनाउन भन्दै सरकारले जोर–बिजोरको आधारमा गाडी सञ्चालन गर्न लागेको हो ।

महानगरीय ट्राफिक महाशाखाले आइतवार विज्ञप्ति जारी यस्तो सूचना दिएको छ । महाशाखाका अनुसार मंसिर ८  गते देखि १२ गते सम्म ५  दिनको लागि जोर र विजोर नम्बरको आधारमा उपत्यकामा सवारी साधन संचालन गरिने  छ ।

मंसिर ८, १० र १२ गते जोर नम्बर प्लेट र ९ र ११ गते दूई दिन विजोर नम्बर प्लेट भएका सवारी साधनहरु संचालन गर्ने ।
तर एम्बुलेन्स, शव बहान, दमकल, रक्त सेवा, रेडक्रस, अस्पतालका कर्मचारी ओसार पसार गर्ने सवारी साधन, सरकारी, कुटनैतिक सुबिधा प्राप्त, पर्यटन, बिवाहका दुलाह दुलही बोकेका सवारी साधनहरुमा भने  जोर विजोर प्रणाली लागु नहुने बताइएको छ ।

त्यस्तै दुध, पानी, ईन्धन, ग्यास, तरकारीलगायत दैनिक उपभोग्य सामाग्री बोकेका सवारी साधनहरु राति १० बजे देखि बिहान ६ बजे सम्म चल्दा जोर बिजोर लागु नहुने बताइएको छ ।

तर दिउसोको हकमा भने लागु हुने । १० र ११ गते सार्वजनीक बिदाको दिन चल्ने सरकारी सवारी  साधनहरुले गृह मन्त्रालयबाट अनिवार्य रुपमा पास लिएर मात्रै संचालन गर्नु पर्ने छ । मोटरसाईकल, कार, जीप लगायत सम्पूर्ण निजी तथा सार्वजनीक भाडाका बस, माइक्रो, ट्रक जस्त सवारी साधनहरु जोर बिजोरको आधारमा संचालन हुनेछन ।
सवारी साधनको सबैभन्दा पछिल्लो अंकको  आधारमा जोर बिजोर छुट्याईने छ । महाशाखाका अनुसार  नम्बर प्लेटको पछिल्लो अंक सुन्य, २, ४, ६, ८ भएमा जोर नम्बर प्लेट र १, ३ , ५, ७, ९ भएमा बिजोर नम्बर प्लेट मानिने छ ।
त्यस्तै  पुरानो बसपार्कबाट संचालन हुदै आएका सवारी साधनहरु सानो गौचरण  लैनचौर, जडिबुटी, टि यु गेट र ढुङगे अड्डाबाट संचालन हुनेछन । उपत्यका भित्रने लामा दुरीका सवारी साधनहरु पनि रिङगरोड भन्दा भित्र प्रवेश गर्न नदिइने बताइएको छ ।


  •  
  •  
  •  

Comments are closed.