यी हुन राजस्व नतिर्ने प्रतिष्ठित व्यक्तिहरु

332
  •  
  •  
  •  

काठमाडौं २२ असार (ओएनएस) : सभासद सहित केही प्रतिष्ठित व्यक्तीहरुले कर नतिरेको खुलासा भएको छ । आन्तरिक राजश्व कार्यालय क्षेत्र नं १ बबरमहलले आज सार्बजानिक सूचना प्रकाशित गरी कर नतिर्नेको नामावली सार्बजानिक गरेको हो । ग्यालेक्सी पब्लिक स्कुल प्रालिकी प्रमुख समेत रहेकी सभासद् गीता राणाले ३० लाख ९४ हजार ७ सय ३२ रुपैया कर तनिरेको सूचनामा उल्लेख छ ।

राजश्व कार्यालले एक हप्ता भीत्र कर चुक्ता गर्न समेत चेतावनी दिएको छ । कर नतिर्नेमा स्पेस टाइम नेटवर्कका स्वर्गीय जमिम शाह, साग्रीला च्यानलका नीर शाह, कर्णाली इअरका संस्थापक पूर्बमन्त्री नारायण सिंह पुन, एभिन्युज टिभीका भाष्करराज राजकर्णिकार लगायत छन् ।

एभिन्युजले ५४ लाख ७५ हजार ५ सय १७ रुपैया कर नतिरेको उल्लेख छ । पूर्ब अधिकारकुमारी जयन्ती शाहको नाम पनि कर नतिर्ने लिष्टमा समावेश छ । अन्नपूर्ण इन्टर नेशनल प्रालिको नाममा जयन्तीले १४ लाख ३३ हजार ८ सय ३४ रुपैया कर नतिरेको राजश्व कार्यालयको सूचनामा उल्लेख छ । कर कार्यालयले २ सय ५२ जना व्यक्ती, फर्म र कम्पनीको तिनपुस्ते विवरण सार्बजानिक गरेको छ । कर छलीलाई अपराधका रुपमा मान्ने गरिन्छ ।


  •  
  •  
  •