नेपाल टेलिकम सवैभन्दा बढी भ्याट तिर्ने कम्पनी

326
  •  
  •  
  •  

ntcकाठमाडौं, १ मंसिर (ओएनएस) : आर्थिक बर्ष २०७० र ०७१ मा सरकारी स्वामित्वको टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकम सवैभन्दा बढी मूल्य अभिबृद्वि कर(भ्याट) तिर्नेमा परेको छ । त्यस्तै  एनसेल नेपाल प्रालीले सवैभन्दा बढी आयकर कर तिरेको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ ।

कर दिवसको  अवसरमा विभागले सोमवार करमा ठूलो सहभागिता जनाउने करिब दुई दजर्न कम्पनीको नाम सार्वजनिक गरेको हो । साथै विभागले त्यस्ता कम्पनीलाई सम्मान पनि गरेको छ ।

विभागका अनुसार बैंक तथा वित्तीय संस्थाहरुमा नविल बैंकले सवैभन्दा बढी आयकर  तिरेको छ । त्यस्तै व्यवसायबाट सिप्रदि ट्रेडिङ प्रालिले बढी आयकर तिर्ने गरेको देखिएको छ ।
किरण सुज म्यानुफ्याक्चर्स प्रालिले आफ्नो उत्पादन निर्यात गरेर निर्यात बाट सवैभन्दा बढी कर तिरेको छ । यता सेवा तर्फ सोल्टि होटल सेवा मार्फत कर तिर्नेमा अगाडि   छ ।

छिमेकी लघुवित्त विकास बैंक सबैभन्दा बढी आयकर तिर्ने लघुवित्त कम्पनीमा परेको छ  त्यस्तै  स्वास्थ्य सेवातर्फ ओम अस्पताल एन्ड रिसर्च सेन्टर, पर्यटन उड्यन क्षेत्रबाट बुद्ध एयर, औषधी उद्योगतर्फ  देउराली जनता फर्मासिटिकल्स, रेमिटान्स कम्पनीतर्फ इन्टरनेसनल मनि एक्सप्रेस (आइएमइ) र लेखापरिक्षकबाट सिएससि एन्ड कम्पनी बढी कर तिर्नेको सूचिमा छन् ।

कानून व्यवसायीबाट पायोनियर एसोसिएट्स र शिक्षा सेवा शुल्कबाट काठमाडौं मेडिकल कलेज र
डाक्टरबाट भने डा भोला रिजालले बढी आयकर तिर्ने तथ्य सार्वजनिक भएको छ । त्यस्तै डा रुपबहादुर खड्का उत्कृष्ट कर विज्ञ घोषित भएका छन् ।

त्यसैगरी त्रिशक्ति ट्रेड सेन्टरले गत वर्ष सबैभन्दा बढी करमा सहभागिता जनाएको छ । कर संकलनमा सहयोग गर्ने संस्थाहरुमा उद्योग वाणिज्य मभहासंघ, नेपाल बैंकर्स संघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) रहेका छन ।

सो अवसरमा अर्थमन्त्री डा रामशरण महतले धेरै कर तिर्ने विभिन्न संस्थाहरुलाई सम्मान गरे ।
सो अवसरमा उनले वर्षेनि करको दायरा फराकिलो हुँदै गएका गएको जानकारी दिए ।

 ‘२० वर्षअघि कूल ग्रार्हस्थ उत्पादन (जीडीपी) मा करको योगदान ८ देखि ९ प्रतिशत मात्रै रहेको थियो, उनले भने हाल जीडीपीमा करको योगदान १७ प्रतिशत पुगेको छ ।’अर्थमन्त्री महतले  अर्थतन्त्र जति रुपान्तरित हुन्त प्रत्यक्ष कर त्यति बढ्दै जाने जानकारी दिए । करमा भएको वृद्धिका कारण वैदेशिक अनुदान माथिको परनिर्भरता घट्दै महतको भनाई थियो ।


  •  
  •  
  •