भरुवा बन्दुक पड्किदा मृत्यु

63
  •  
  •  
  •  

सोलुखुम्बु, २ वैशाख (ओएनएस) : सोलुखुम्बुको माप्यदुधकोशी गाउपालीका ४ मा भरुवा बन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आईतबार साँझ घरेलु भरुवा बन्दुक भर्ने क्रममा पड्किदा माप्यदुधकोशी गाउपालीका ४ डाडा गाउँका २० वर्षिय सुमन राईको मृत्यु भएको हो ।

बन्दुक भर्ने क्रममा पड्किएर पेटमा गोली लागेर गम्भिर घाईते भएका उनको उपचारको क्रममा फाप्लु ल्याउँदै गर्दा आइतबार राती बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक प्रदिप सुबेदीले जानकारी दिएका छन् ।
शवलाई पोष्ट मार्टमका लागी जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ ।


  •  
  •  
  •