नेपालमा रहेको भारु नसाटिने निश्चित

218
  •  
  •  
  •  

काठमाडौँ, ४ पुस ।
नेपालीसँग भएको ५ सय र १ हजार दरका भारतीय नोट साटिने सम्भावना टरेको छ। नेपाल राष्ट्र बैंकले पटक पटक आग्रह गरे पनि भारतीय वित्त मन्त्रालयले बेवास्ता गरेपछि तत्कालका लागि नोट नसाटिने देखिएको हो ।

भारतमा पुस १६ गतेसम्म नोट साट्ने अवधि छ । भारतीय पक्षले बेवास्ता गरेका कारण नेपालबाट भारतीय पक्षसँगको कुराकानी गर्न जाने भनिएको टोली समेत जान सकेको छैन । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले अहिलेसम्म नेपालले भारतीय पक्षबाट आउने जवाफ कुरेर बसिरहेको वताए ।

यसअघि ठूला दरका भारतीय रुपैयाँ साट्ने सम्बन्धमा छलफल गर्न अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित समिति बनाएर भारत जाने डेपुटी गभर्नरले बताएका थिए ।

कालो धनका रुपमा ठूलो रकम रहेको आशंका गर्दै भारतले गत कात्तिक २४ मा यी नोटहरुमा प्रतिबन्ध लगाएपछि नेपाल पनि प्रतिबन्ध लागेको छ ।

कारोबार दैनिकबाट


  •  
  •  
  •