प्रदेश ७ : मुख्यमन्त्रीले गरे छोरीलाई सामुदायिक विद्यालयमा भर्ना

309
  •  
  •  
  •  

काठमाडाैँ, ५ बैशाख (अाेएनएस) : सातै प्रदेशमा प्रदेश सरकारले सामुदायिक विद्यालयकाे शैक्षिक स्तरमा सुधार ल्याउने उद्देश्यले सुरु हुन लागेकाे शैक्षिक सत्रबाट सरकारी कर्मचारी, शिक्षक, जनप्रतिनिधि तथा नगर क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका कर्मचारीहरुले अाफ्ना छाेराछाेरीहरुलार्इ सामुदायिक विद्यालयमा पढाउनु पर्नेमा जाेड दिन थालेकाे छ।

साेही अनुरुप प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सामुदायिक विद्यालयकाे शैक्षिक स्तरमा सुधार ल्याउन र विद्यार्थीकाे अाकर्षण सामुदायिक विद्यालय तर्फ गराउनकाे लागि जनचेतना मुलक कार्यक्रमकाे साथै विभिन्न याेजना समेत ल्याउन लागिएकाे बताएका छन्।

त्रिलोचन भट्टले अाफ्नै छोरीलाई सामुदायिक विद्यालयमा भर्ना समेत गरेका छन् ।

मुख्यमन्त्री भट्टले धनगढी उपमहानगरपालिक वडा नम्बर ४ मा रहेको राष्ट्रिय माविमा १४ वर्षकी छोरी पुनम भट्टलाई कक्षा ८ मा भर्ना गराएका हुन्।

राजनीतिज्ञले आफनो छोराछोरीलाई महगा वोर्डिङ तथा विदेशमा पढाउने परम्परा चलिरहेका बेला पत्नी दुर्गा भट्टलाई साथमा लिएर मुख्यमन्त्री भट्ट यसअघि डोटीको देवस्थल माविमा अध्ययन गर्दै आएकी छोरीलाई धनगढीको सामुदायिक विद्यालयमा अाज भर्ना गराए ।

सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण घटदै गईरहेका बेला मुख्यमन्त्री भट्टले एक छोरीलाई धनगढीको सामुदायिक विद्यालयमा भर्ना गराएर अन्य विद्यर्थीका अभिभावकहरुकाे ध्यानाकर्षण गराएका छन्।

आफनो छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्दै मुख्यमन्त्री भट्टले सवैले छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने बाताबरण प्रदेश सरकारले बनाउने बताए।


  •  
  •  
  •