काठमाडौँ, २१ चैत(एजेन्सी) : प्यासिफिक आइसल्याण्ड राष्ट्र भानुआटुमा ६.९ रेक्टर स्केलको भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ संस्थाले जनाए अनुसार भानुआटुको राजधानी पोर्ट भिलाबाट ४ सय २० किलोमिटर उत्तरपूर्वी क्षेत्रमा उक्त भूकम्प गएको हो । उक्त भूकम्पको गहिराई करिब ३५ किलोमिटर रहेको बताइएको छ । अहिलेसम्म भूकम्पले क्षति गरेको कुनै जानकारी नआएको पनि समाचारमा जनाइएको छ ।
भूकम्पका कारण सुनामी आउने खतरा समेत रहेको बताइएको छ ।
उक्त क्षेत्र निरन्तर भूकम्प गइरहने क्षेत्र हो । गत अक्टुबर र डिसेम्बरमा पनि लगभग यही म्याग्निच्युटको भूकम्प गएको थियो, तर कुनै क्षति भएको थियो ।