पोखरामा महिला तथा पुरुषबीच भलिबल प्रतियोगिता हुने

116
  •  
  •  
  •  

काठमाडौं, २९ वैशाख(ओएनएस) : नेपाल भलिबल संघको आयोजना जेठ २३ देखि २५ गतेसम्म महिला तथा पुरुषबीच भलिबल प्रतियोगिता हुने भएको छ ।

नेपाल भलिबल संघको वार्षिक कार्यक्रम अनुसार जेठको अन्तिम साता प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
कास्की जिल्ला भलिबल संघको ब्यवस्थापनमा हुने प्रतियोगिता पोखरामा हुनेछ ।

प्रतियोगितामा सात प्रदेशबाट महिला र पुरुषको गरि दुई दुई टिम र विभागिए टिमबाट पनि दुई दुई महिला पुरुष टिम गरेर कुल २० पुरुष र २० महिला टिमको सहभागिता हुनेछ ।

प्रतियोगितामा शिर्ष तीन स्थान हासिल गर्ने टिमलाई अन्तराष्ट्रिय विच भलिबल र २०१९ को डिसेम्बरमा नेपालमा हुने दक्षिण एशियाली खेलकुद सागका लागि छनोट गरिनेछ ।

यो प्रतियोगिताका लागि २२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको विजेताले दुबै विधामा ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ पाउनेछन् ।


  •  
  •  
  •