उपाधिका लागि एपिएफ र न्यू डाइमण्ड भिड्ने

562
  •  
  •  
  •  

काठमाडौं, १४ चैत(ओएनएस) : सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) र न्यू डाइमण्ड एकेडेमी विजयी भएका छन् । विभागीय टोली एपिएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको छ भने न्यू डाइमण्डले आर्मीलाई पराजित गर्दै फाइलनमा प्रवेश गरेको छ । शुक्रबार हुने उपाधि भिडन्तमा आयोजक एपिएफ र न्यू डाइमण्ड भिड्नेका छन् ।

हल्चोकस्थित एपिएफको भलिबल कोर्टमा बिहीबार भएको सेमिफाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको थियो । एपिएफले पुलिसलाई २५–२३, २५–१७, १८–२५ र २५–१२ को सेटमा पराजित गरेको हो ।

त्यसैगरी सोही मैदानमा बिहीबार भएको अर्को खेलमा न्यू डायमण्ड एकेडेमीले त्रिभुवन आर्मी क्लबलाई पनि ३–१ सेटले पराजित गरेको हो । न्यू डायमण्डले त्रिभुवन आर्मी क्लबलाई २५–२३, २३–२५, २५–२१ र २५–२० को सेटमा पराजित ग¥यो ।

त्यसैगरी तेस्रो स्थानको लागि दुई विभागीय टोली पुलिस र आर्मी भिड्नेछन् । प्रतियोगिताको विजेता टोलीले दुई लाख ५० हजार तथा उपविजेताले एक लाख २५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पाउनेछन् ।


  •  
  •  
  •