राष्ट्रिय महिला भलिवल : आयोजक एपिएफ र न्यूडाइमण्ड सेमीफाइनलमा

454
  •  
  •  
  •  

काठमाडौं, १३ चैत(ओएनएस) : राष्ट्रिय महिला भलिवल प्रतियोगितामा आयोजक एपिएफ क्लव र न्युडाइमण्ड एकेडेमी सशस्त्र प्रहरी महानिरीक्षक सेमीफाइनलमा प्रवेश गरेका छन ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको कोर्टमा बुधबार भएको खेलान न्युडायमण्डले जाउलाखेल प्रशिक्षण केन्द्रलाई तीन शुन्यको सोझो सेटमा पराजित गरेको छ ।

डाइमण्डले जाउलाखेलाई २५–१०, २५–५ र २५–७ स्कोरले पाखा लगायो । बुधबार भएको अर्को खेलमा आयोजक एपिएफले ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर माथि तीन शुन्य सेटको सहज जीत हात पारेको छ ।

तुलनात्मक रुपमा कमजोर मानिएको ढोरपाटनलाई एपीएफले २५–१, २५–१०, २५–२ हराएको छ ।  न्यु–डाइमण्ड र एपिएफले लगातार दुई खेलमा जित हातपार्दै समान छ–छ अंक बनाएका छन् ।

लगातार दोस्रो हार बेहोरेको जाउलाखेल र ढोरपाटन भने अंकको खातानै नखोली प्रतियोगिताबाट बाहिरिएका छन् ।


  •  
  •  
  •