भ्यालेन्सिया पराजित हुदा बार्सिलोनालाई फाइदा

210
  •  
  •  
  •  

मंसिर १८ – स्पेनिस ला लिगामा भ्यालेन्सियाले यो सिजनको पहिलो हार  भोग्नु परेको छ । १३ औँ खेलसम्म अपराजित यात्रा गरेको भ्यालेन्सिया आइतबार राति गेटाभेसँगको खेलमा पराजितभएको छ । यस हारसँगै बार्सिलोनासँगको अंक दुरि कम गर्ने सुनौलो अवसर पनि गुमाएको छ । बार्सिलोना शनिबार भएको खेलमा बराबरिमा रोकिएको थियो र यसको फाइदा भ्यालेन्सियाले उठाउन सकेन ।

गटाफेको घरेलु मैदानमा भएको खेलमा २५ औँ मिनेटमा मुर्नको अराम्बारीले रेड कार्ड पाए पछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो । तर यसको फाइदा भ्यालेन्सियाले लिन सकेन । भ्यालेन्सियाले अधिकाश समय बल आफ्नो नियन्त्रणमा लिए पनि खेलको ६६ औँ मिनेटमा मार्केल बेर्गानाले गोल गरे पछि घरेलु टोलीले अग्रता लिएको थियो । भ्यालेन्सियाले केहि राम्रा मौका बनाएपनि त्यसलाइ सदुपयोग गर्न सकेन र १–० ले हार्न बाध्य भयो ।

यस हारले भ्यालेन्सियालाई जति निराश बनाएको छ उतिकै खुसि बार्सिलोनालाई भएको छ । यदि यो खेल जितेको भए भ्यालेन्सियाले बार्सिलोनासँगको अंक दुरि दुईमा ल्याउने थियो तर हारसँगै बार्सिलोनासँगको दुरि पाँच पुगेको छ ।


  •  
  •  
  •