भाजपा नेता मंगुली जेनाको गोही हानी हत्या

88
  •  
  •  
  •  

उडिसा । भारतको उडिसामा भारतीय जनता पार्टी(भाजपा)का एक नेताको गोली हानी हत्या भएको छ ।

आइतबार राति खुर्दा अन्चल–९ का मंडल अध्यक्ष समेत रहेका मंगुली जेनाको मोटर साइकलमा आएका अपरिचित व्यक्तिले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले उडिसाको चुनावी अभियानमा भाग लिने अघिल्लो दिन उनको हत्या भएको हो ।
भारतीय संचार माध्यमहरुका अनुसार यसपटकको निर्वाचनमा उडिसामा भाजपा र बिजु जनता दलबीच निकै प्रतिस्पर्धा हुँदैछ ।

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ । हाल भारतमा लोकसभा निर्वाचन भइरकेको छ । ७ चरणमा सम्पन्न हुने निर्वाचनको पहिलो चरणको निर्वाचन गत ११ तारिखमा समाप्त भइसकेको छ । अब यही १८ तारिखमा दोस्रो चरणमा निर्वाचन हुँदैछ । एजेन्सी


  •  
  •  
  •